१२ बैशाख २०८१, बुधबार | April 25, 2024

एमाले केन्द्रीय सदस्य छाडेका भानुभक्त जोशीलाई नेकपा एसमा सिधै स्थायी कमिटी



काठमाडौं ।नेकपा एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेका एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीमा राखिने भएको छ । बिहीबार जोशीलाई एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै जोशीलाई स्थायी कमिटीमा राखिने घोषणा गरेका हुन् ।

एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले असोज २० गते एमालेबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

उनले राजीनामामा पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको भन्दै एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

जोशीको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललेकेपी ओली र एमाले कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको बताएका छन् । उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने समेत घोषणा गरे ।

पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  २ : १७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको