८ बैशाख २०८१, शनिबार | April 20, 2024

आज प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को विरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको छ ।

आज दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै विरोध गर्दै आएका छन । आज पनि एमाले सांसदले विरोध गर्ने जनाएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : २१ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन