५ भदौ २०८३, शुक्रबार | August 21, 2026

राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री देउवा शितल निवासमा



काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे जानकारी गराउन प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका हुन् । देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री भएको झण्डै तीन महिनासम्म सरकार विस्तार गर्न नसकेर आलोचित बन्दै आएका देउवाले गठबन्धन दलहरुबीच सहमति भएपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । आजैसाँझसम्म मन्त्रीहरुको सपथग्रहण हुने बताइएको छ ।

दुई दिनअघि नै दलहरुबीच मन्त्रालय संख्या र भागवण्डामा सहमति भएको भनिएपनि नेकपा एकीकृत समाजवादीले आफुले पाएको मन्त्रालयमा चित्त नबुझाएपनि बिहीबार मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो । गठबन्धनका शीर्ष नेताहरु बसेर छलफल गरेपछि समाजवादीको माग अनुसारको मन्त्रालय र प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिनेगरी सहमति जुटेको थियो ।

माओवादी केन्द्रले बुधबार नै मन्त्रीहरुको नाम टुंग्याइसकेको थियो । कांग्रेस एकीकृत समाजवादी र जसपाले भने आज नै नाम टुंग्याउँदैछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : ५४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको