४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री देउवा शितल निवासमा



काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे जानकारी गराउन प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका हुन् । देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्री भएको झण्डै तीन महिनासम्म सरकार विस्तार गर्न नसकेर आलोचित बन्दै आएका देउवाले गठबन्धन दलहरुबीच सहमति भएपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । आजैसाँझसम्म मन्त्रीहरुको सपथग्रहण हुने बताइएको छ ।

दुई दिनअघि नै दलहरुबीच मन्त्रालय संख्या र भागवण्डामा सहमति भएको भनिएपनि नेकपा एकीकृत समाजवादीले आफुले पाएको मन्त्रालयमा चित्त नबुझाएपनि बिहीबार मन्त्रिपरिषद् विस्तार प्रभावित भएको थियो । गठबन्धनका शीर्ष नेताहरु बसेर छलफल गरेपछि समाजवादीको माग अनुसारको मन्त्रालय र प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिनेगरी सहमति जुटेको थियो ।

माओवादी केन्द्रले बुधबार नै मन्त्रीहरुको नाम टुंग्याइसकेको थियो । कांग्रेस एकीकृत समाजवादी र जसपाले भने आज नै नाम टुंग्याउँदैछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको