२५ चैत्र २०८२, बुधबार | April 8, 2026

गजेन्द्र हमाल कांग्रेसी कोटाबाट मन्त्री बनेका हुन्, होहल्ला गर्नु आवश्यक छैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्तिको विषयमा प्रधानन्यायाधीसलाई जोड्नुको कुनै तुक नभएको बताएका छन् ।

शनिबार बिहान चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको मुख्य घटक समेत रहेको माओवादी अध्यक्ष प्रचण्डले मन्त्री गजेन्द्र हमालबारे चलेको चर्चाको कुनै तुक नभएको बताएका हुन् ।

प्रचण्डले हमाल कांग्रेसी पृष्ठभूमिका व्यक्ति भएको भन्दै कांग्रेसकै कोटाबाट उनी मन्त्री बनेको जिकिर गरे । उनले भने ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । ‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहन पर्यो र ’

प्रचण्डले यसअघि पनि गैरसांसदलाई निश्चित समयका लागि मन्त्री बनाएको रेकर्ड रहेको बताउँदै संवैधानिक रुपमै हमाल मन्त्री भएको बताए ।

कांग्रेसका क्रियाशील सदस्य मात्र रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए । हमाल प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराका जेठान हुन् । जबराले मन्त्रीपदमा कोटा मागेको भन्दै पूर्वन्यायाधीसहरु र वरिष्ठ अधिवक्ताहरुले उनको चर्को आलोचना गरेका छन् ।
अध्यक्ष प्रचण्डले भने विगतमा ओलीले संसद विघटन गर्दा सेटिङ गरेको चर्चा चलेजस्तै अहिले पनि त्यस्तै हल्ला चलेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : २१ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल