२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नेपालगन्जमा सातौं धारा नेपालगन्ज म्याराथन सञ्चालन गरिँदै



नेपालगन्ज । नेपालगन्जमा यस वर्षपनि सातौं धारा नेपालगञ्ज म्याराथन हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार म्याराथन गरिँदै आएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

म्याराथनको जानकारी गराउने उद्देश्यले शनिबार नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनामा यस वर्षको सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने जानकारी गराईएको छ ।

म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ ह्याण्ड्स मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलनमा नेपालगञ्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइट सार्वजनिक गरेका थिए ।

यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था गरिएको म्याराथनका लागि शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

ठकुरीले बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने जानकारी दिँदै पुरुषतर्फ म्याराथन (४२।१९५ किमि), महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष खुल्ला, ५ किमि महिला खुल्ला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको बताए । यस वर्ष नगद पुरस्कार राशीमा पनि वृद्धि गरिने अध्यक्ष ठकुरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगञ्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् ।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताए । केएल दुगड ग्रुपको उत्पादन धारा शुद्ध तोरीको तेल ब्राण्डको टाइटलमा म्याराथन आयोजना हुन लागेको हो ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०५ बजे

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली

लायन्स क्लब अफ बुटवलको अध्यक्षमा दिनेश कुमार प्रधान

बुटवल । लायन्स क्लब अफ बुटवलको सम्पन्न अधिवेशनबाट आगामी कार्यकाल