१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपालगन्जमा सातौं धारा नेपालगन्ज म्याराथन सञ्चालन गरिँदै



नेपालगन्ज । नेपालगन्जमा यस वर्षपनि सातौं धारा नेपालगञ्ज म्याराथन हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार म्याराथन गरिँदै आएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

म्याराथनको जानकारी गराउने उद्देश्यले शनिबार नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनामा यस वर्षको सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने जानकारी गराईएको छ ।

म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ ह्याण्ड्स मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलनमा नेपालगञ्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइट सार्वजनिक गरेका थिए ।

यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने ब्यवस्था गरिएको म्याराथनका लागि शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

ठकुरीले बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने जानकारी दिँदै पुरुषतर्फ म्याराथन (४२।१९५ किमि), महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष खुल्ला, ५ किमि महिला खुल्ला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको बताए । यस वर्ष नगद पुरस्कार राशीमा पनि वृद्धि गरिने अध्यक्ष ठकुरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगञ्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् ।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताए । केएल दुगड ग्रुपको उत्पादन धारा शुद्ध तोरीको तेल ब्राण्डको टाइटलमा म्याराथन आयोजना हुन लागेको हो ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०५ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य