२० माघ २०८२, मंगलबार | February 4, 2026

रसुवाका गाउँ-गाउँमा संयुक्त सुरक्षा गस्ती



रसुवा । चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको र हिमाली दृश्यावलोकनका लागि आन्तरिक पर्यटकसमेत आउनेक्रम बढ्दै गएकाले पूर्वसावधानी अपनाउँदै सुरक्षा व्यवस्था मजबुत पारिएको हो ।

गाउँ क्षेत्रको गस्तीका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलसमेत संयुक्तरूपमा परिचालन गरिएको छ । करिब ४४ हजार जनसङ्ख्या रहेको जिल्लामा नियमित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले गाउँ तथा राजमार्गसमेतका १४ स्थानमा सुरक्षा युनिट राखेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

दक्षिणी भेगको पारच्याङ, कालिकास्थान, बेत्रावती, डाँडागाउँ, हाकु, मैलुङ, ग्राङ, उत्तरी भेकको धुञ्चे, स्याफ्रुबेँसी, थाम्बुचेत, थुमन, टिमुरे, रसुवागढी तथा लाङ्टाङ क्षेत्रमा प्रहरी इकाइ छन् । कोभिड-१९ को प्रभाव कम भएसँगै पर्यटकीय क्षेत्र लाङ्टाङ एवं भगवान शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजन तथा आन्तरिक पर्यटकसमेत ओहरदोहर हुन थालेकाले स्याफ्रुबेँसीमा तैनाथ पर्यटन प्रहरीले आफ्ना नियमित गस्ती सुरू गरेका छन् ।

चाडपर्वका अवसरमा जिल्लास्थित सरकारी तथा गैर सरकारी स्वामित्वमा रहेका कार्यालयका भौतिक सम्पत्तिको सुरक्षाका लागि पाले पहराको व्यवस्था मिलाइ बिदाका समयमा बाह्य व्यक्तिलाई कार्यालयको हातामा प्रवेश निषेध गराउने व्यवस्था मिलाउन सरोकारवाला निकायलाई प्रहरीले अनुरोध गरेको छ ।

मानिसको जनघनत्व बढेपछि झैझगडा तथा चोरीसमेतका कार्य हुनसक्ने सम्भावनाप्रति सजक रही त्यस्ता अवाञ्छित घटना हुनसक्ने सम्भावना देखिएमा गस्तीमा रहेका सुरक्षाकर्मी तथा नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१०५४०१९९ र प्रहरी प्रमुखको मोबाइल नं ९८५१२७५५५५ मा खबर गरी सुरक्षा व्यवस्था स्थिर राख्ने कार्यमा सहयोग गरिदिन प्रहरीले सबै पक्षसँग आग्रह गरेको छ ।
मान्यजनबाट टीका थाप्न जानेक्रममा यात्रा गर्दा महँगोखाले गरगहना नलगाउँ र साथीको साथमा मात्र हिँडडुल गर्न सम्पूर्ण रसुवाका बासिन्दामाझ आग्रह गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ५१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको