४ पुस २०८२, शुक्रबार | December 19, 2025

उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् ।

दुई दिनअघि मात्र नियुक्त भएका उद्योग वाणिज्य एवं आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।

तर, प्रधानन्यायाधीस जबराको सिफारिसमा उनलाई मन्त्री बनाइएको भन्दै सत्तारुढ दलकै नेताहरुबाट समेत विरोध भएको थियो । यस्तै, पूर्वन्यायाधीसहरु, कानून व्यवसायीहरु, राजनीतिक दलका नेताहरु र नागरिक समाजबाट चर्को आलोचना गरेका छन् ।

जबराका जेठान रहेका हमाललाई जेठान मन्त्री भन्दै व्यंग गर्न सुरु गरिएको थियो । मन्त्रालय भागवण्डा गर्दा प्रधानन्यायाधीस जबराले कोटा मागेको र सो कोटामा आफ्ना जेठानलाई पठाएको आरोप लागेको थियो ।

बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए । उनी सांसद पनि छैनन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन् ।

उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए। उनी मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको