१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

एन आई सी एशियाले ल्यायो ‘डिजिटल दशैं’ योजना : धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५% सम्म क्यासब्याक पाउने



काठमाडौ । एन आई सी एशिया बैंकले ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेले आकर्षक उपहारदेखि २५% सम्म क्यासब्याक पाउने भएका छन् ।

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्नेले आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउनेछन् । बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS  भुक्तानी एवं मोबाइल बैंकिङ्ग  योगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

यो योजना २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म रहेको छ । जसअनुसार पहिलोपटक एइक् कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ ।

त्यसैगरी बैंकले डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्नेलाई Palsonic को तर्फबाट ३२ इन्च टिभी, CG को तर्फबाट माइक्रोवेभ ओभन, Triveni Group को तर्फबाट यासुदा ओभन, Gaia Holiday Home Dhulikhel को तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, Hongkook Sarang को तर्फबाट एक जोडीलाई डिनर प्याकेज, Saathimart बचत को तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, Orchid Group को तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढिको खरिदमा रू.५०० बराबरको गिफ्ट भौचर र Awei को तर्फबाट एक जनालाई Earbud प्रदान गरिनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ११ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति