१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको संदेशमुलक दशैं भिडियो



काठमाडौ । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ ।

यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशंै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँछ, दशंैमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशंै किनमेल गरेर गाँउ फर्किन्छन् ।

फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउँ पुग्दछन । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नुपर्छ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवार संग भेटि सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : १७ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा