२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको संदेशमुलक दशैं भिडियो



काठमाडौ । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ ।

यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशंै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो ।

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँछ, दशंैमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशंै किनमेल गरेर गाँउ फर्किन्छन् ।

फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउँ पुग्दछन । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गाँउमा नै केही गर्नुपर्छ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवार संग भेटि सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : १७ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध