१४ कार्तिक २०८३, शनिबार | November 1, 2026

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता



काठमाडौ । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा मुक्तिनाथ विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरि ‘‘जनता बैंक मा होइन, बैंक जनतामा जानु पर्दछ’’ भन्ने नाराका साथ सन् २००७ मा स्थापित मुक्तिनाथ विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १६५ वटा शाखा कार्यलय, १ एक्सटेन्सन काउन्टर र ४५०० भन्दा बढी मुक्तिनाथ रेमिट एजेन्ट मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ०८ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति