३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

सत्तारुढ ३ विद्यार्थी संगठनको आरोप – ओली सरकारकै दुस्साहसका कारण मोतिपुर रणमैदान बन्यो



काठमाडौं । सत्ता गठबन्धनका दलहरु निकट तीन विद्यार्थी संगठनले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटना पूर्ववर्ती सरकारको गलत रवैयाका कारण भएको आरोप लगाएका छन् ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै मोतिपुर घटनाको दोषी तत्कालीन सरकार भएको निष्कर्ष दाबी गरेका हुन् । उनीहरुले ओली सरकार र तत्कालिन अर्थमन्त्रीका कारण घटना भएको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ विघा जमिन अधिगृहण नगर्दै गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरूपयोग गरी मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतीपुर क्षेत्र रणमैदान भएको छ । अनाहकमा जनताको ज्यान गएको छ। यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ।’

उनीहरुले मोतिपुर घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुई दिनअघि मोतिपुर औद्योगिक क्षेत्रको जमिन अतिक्रमण गर्न खोज्ने व्यक्तिहरु र सुरक्षाकर्मीबीच भएको झडपममा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको थियो भने प्रहरी र अतिक्रमणकारीहरु गरी झण्डै ५० जना घाइते भएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १ : १० बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम