१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

भलिबल खेलाडीको दशैँ : एनभीए विजेताको उत्सव, केहीको खल्लो



काठमाडौं । नेपालीको महान् चाड बडादशैँ भित्रिसकेको छ । यतिबेला बडादशैँको हर्ष र उल्लास छाएको छ । आफ्ना इष्ट मित्र, घर परिवारबाट टाढा रहेकाहरूको एकै समयमा भेट हुने पर्वसमेत हो दशैँ ।

महान् चाड दशैँबाट नेपाली खेलकुद क्षेत्र अक्षुतो रहने कुरै भएन । अझ नेपालको राष्ट्रिय खेल भलिबल त्यसबाट टाढा रहनै सक्दैन । ८ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राष्ट्रिय खेल भलिबल घोषणा भएको हो ।

तर, हालसम्म भलिबल संघले आफ्नो एउटा स्तरीय भलिबल कभर्डहल पाउन सकेको छैन । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभागीय आर्मी क्लबको कभर्डहलमा विभिन्न प्रतियोगिता हुुँदै आएका छन् ।

नेपालमा अझै पनि भलिबल खुला मैदानमा खेलिँदै आएको छ । भर्खरै मात्रै नेपाल भलिबल संघ (एनभीए)ले आफ्नो छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप समापन गरेको छ ।

दशैँको मुखैमा प्रतियोगिता सकिँदा खेलाडीले समेत घर परिवारसँग बसेर रमाइलो गर्न पाएका छन् । यसअघि प्रतियोगिताको दौरान कति खेलाडी घरसमेत जान नपाउने अवस्था सृजना हुँदै आएको थियो । तर, यसपटक प्रतियोगिता कोरोना महामारीबीच पनि समयमै हुँदा खेलाडीले समेत दसैंमा रमाइलो गर्न पाएका छन् ।

न्युज कारखानाले भलिबल खेलाडीको दशैँ योजना कस्तो छ ? खेलाडीले कसरी दशैँ मनाउँदै छन् ? कहाँ रहेर दशैँ मनाउँदै छन् ? यस विषयमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीसँग छोटो कुराकानी गरेको छ । राष्ट्रिय पुरुष भलिबल खेलाडी कुलबहादुर थापा (हरि), मानबहादुर श्रेष्ठ, राजेन्द्र बिष्ट, महिला खेलाडी प्रतिभा माली र उषा भण्डारीसँग दशैँ योजनाबारे जिज्ञासा राखिएको छ ।

कुलबहादुर थापा, नेपाल पुलिस क्लब

मेरो यस पटकको दशैँ छैन । परिवारमा जुठो परेको छ । यसैले यो पटकको दशैँ हुँदैन । घर आएको छु । अघिल्लो साल बिरामी (ढाडको समस्या) भएका कारण पनि घरमै बसेर दशैँ मनाएको थिएँ । टीका नभए पनि घर परिवार र साथीहरूसँग भेटघाट समय राम्रो भएको छ ।

मान बहादुर श्रेष्ठ, त्रिभुवन आर्मी क्लब

दशैँ यस पटक घर (नवलपरासी) मा मनाउने भएका छौं । परिवार जम्काभेटमा दशैँ राम्रो बनाउने सोचमा छु । घरमा नयाँ सदस्य (पुत्र लाभ)को आगमन भएको छ । अघिल्लो सालको दशैँ राम्रो भएको थियो । यस पटक पनि खेल (एनभीए पुरुष तर्फ हेल्प नेपाललाई पराजित गर्दै आर्मी च्याम्पियन) राम्रो भएर दशैँको छुट्टि दिएको छ । खेल जितेर दशैँ मनाउन पाएका छौं । धेरै खुसी छु । यस पटकको दशैँ विशेष भइरहेको छ ।

राजेन्द्र विष्ट, त्रिभुवन आर्मी क्लब

काठमाडौं नै छु । मेरो दशैँ काठमाडौंमा नै हुन्छ । परिवार यतै छौं । बुबाआमा घरमा (दार्चुला) हुनुहुन्छ । दाजुहरू पनि सबै काठमाडौं नै हुनुहुन्छ । साना बच्चाहरू हुँदा घर जान पनि सम्भव भएन । अहिले बिदामा छु । एनभिए च्याम्पियनसिप जितेपछि हामी खेलाडीले छुट्टि पाएका छौं । दशैँभर मिठोमिठो खाने परिवारसँग रमाइलो गर्ने नै हो । यस पटक मन्दिर दर्शन गर्ने योजना बनाएको छु ।

प्रतिभा माली, न्यु डायमण्ड एकेडेमी

दशैँमा त्यस्तो विशेष भनेर केही हुँदैन । घरमा पूजा गर्ने भोज खाने हुन्छ । घरपरिवारसँग टीका लगाउँछौँ । अघिल्लो सालको दशैँ परिवारमा जुठो परेर मनाएनौँ । यस पटकको दशैँमा अरुको भन्दा मेरो केही विशेष हुन्छ । किन भन्दा हामी टिमका खेलाडीले खेल खेलेर दशैँ मनाउँछौँ । बहिनी (न्यु डायमण्ड एकेडेमी खेलाडी)हरू पनि काठमाडौंमा हुन्छन् । घर नगएका बहिनीहरूसँग एकेडेमी पुगेर खेल्छौँ । एनभीए महिला च्याम्पियनसिप जितेपछि केही रमाइलो गर्ने योजना थियो । तर, दसैँले गर्दानै धेरै खेलाडी घर जाँदा त्यो रमाइलो भने छुटेको छ । घरबाट फर्केपछि त्यो रमाइलो पनि हुन्छ ।

उषा भण्डारी, नेपाल पुलिस क्लब

यस पटकको दशैँ पाल्पा (गृहजिल्ला)मा मनाउँछु । मामा घर (सामाखुसी) जाने कुरा थियो । एनभीए हारेपछि जाने कुरा भएन । समय पनि भएन । अनि मामा घर गइँन । बनस्थलीमा ठूलो बाबा हुनुहुन्छ, त्यता नै जान्छु । दशैँपछि अभ्यास फेरि सुरुवात हुन्छ । त्यसैमा केन्द्रित छु ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ७ : ५५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका