१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रक्सीको नशामा कुटपिट गरि श्रीमतीको हत्या



अर्घाखाँची । अर्घाखाँचीमा मदिराको नशामा एक स्थानीय युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो अर्घाखाँचीको छत्रदेव ८ मा डेरा गरि बस्ने ४३ वर्षिय लालबहादुर कुमालले आफ्नै श्रीमतीलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो १ बजेको समयमा लालबहादुरले मदिरा सेवन गरि श्रीमतीसँग झगडा गरेको र झगडाकै क्रममा कुटपिट गरि ३० वर्षिया श्रीमती सिता कुमाललाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुजन शाहले बताए ।

प्रहरीका अनुसार हत्याको सूचना स्थानीयबासीले प्रहरीलाई दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । गुल्मी ईस्मा २ हल्दिटार स्थायी घर भएका कुमाल दम्पत्ती कामको शिलशिलामा अर्घाखाँचीको छत्रकोटमा बस्दै आएका थिए ।

हत्यामा संलग्न लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका कुमाल माथि ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान भइृरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ९ : २७ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल