३० असार २०८३, मंगलबार | July 14, 2026

लोप हुँदै पिङ संस्कृति



नेपाली समाजमा वर्षमा एक पटक भूईं छोड्नु पर्छ भन्ने भनाइ छ । त्यसैले चाडबाडका बेला बनाइएको पिङमा एक पटक भए पनि खेल्ने प्रचलन छ । उत्सव, चाडबाडका बेला मनोरन्जनका लागि खेलिने पीङ शहर बजारमा मात्र नभइ गाउँ बस्तीमा लोप हुँदै गएको छ ।

दशंैका बेला मिठोमसिनो खाने, मान्यजनबाट आर्शिवाद लिने मात्र होइन, रमाइलो गर्न पिङ खेल्ने चलन पुरानो हो । गाउँ गाउँ, टोल टोलमा रोटे र लिङ्गे पिङ बनाउने चलन छ । तर, पछिल्लो समय पिङ खेल्ने चलन कम हु“दै गएको छ ।

नेपाली समाजमा भनाइ छ, ‘असारमा हिलोमा पस्नु असोजबेला भुईं छोड्नु’ । असारमा धान रोप्न हिलोमा पस्ने र असोजमा लिंगे वा रोटेपिङ खेल्ने सयौं बर्ष पुरानो चलन हो । तर समयसँगै यस्ता मैलिकता परम्परा एवं संस्कृति हराउँदै गएको छ । आधुनिक प्रविधि र मनोरञ्जनका अनेक साधनको स्थापनाले नेपाली मौलिक महत्व बोकेको पिङलाई अहिलेको पुस्ताले बिर्संदै गएका छन् । वर्षमा एक पटक धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन आधुनिक जीवनशैलीसँगै हराउ“दै गएको संस्कृतिविद् गोविन्द टण्डन बताउँछन् ।

चाडवाडका बेला आफन्तसँगै पिङ खेल्ने र पिङ खेल्ने स्थानमा आफन्त, साथीसंगीसँग भेटघाट गर्ने चलन छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । युवायुवती तथा प्रौढहरु टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्छन् । वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर लिङ्गे पिङ मच्चाउँछन् । जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ ।

पिङ खेल्नाले खेल्ने मान्छेलाई त शारिरीक व्यायम हुनुका साथै धकेल्ने मान्छेलाई पनि व्यायम हुने चिकित्सक बताउँछन् । पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ । समय प्रविधिको विकाससँगै मानोरन्जको साधन फेरिएर होला पिङ खेलेर मनोरन्ज लिने जमात पनि कम हुँदै गएको छ । यस्तै हो भने भावी पुस्ताले दसैं तिहारजस्ता चाडबाडमा पिङ राख्ने चलनललाई भिडियो र तस्बिरमा मात्र देख्ने दिन आउन सक्छ । त्यसैले आफ्नो संस्कृति बचाइराख्न हामी आफैं लाग्नु पर्दछ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ११ : ०३ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१