७ चैत्र २०८२, शनिबार | March 21, 2026

आज विश्व हातधुने दिवस : विभिन्न रोगबाट बच्ने अचुक औषधि हातधुने बानी



काठमाडौं । आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८ देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्-आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस वर्षको विश्व हातधुने दिवस मनाइँदै छ ।

अझ कोरोना भाइसरको रोकथाम तथा सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले पनि हातधुने बानीको विकास गर्न सबैलाई आग्रहसमेत गरेको छ । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट मात्र जोगाउँदैन अनावस्यक अस्पतालको खर्चसमेत बचाउँछ । विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग र संक्रमण फैलने गरेको र त्यसैको कारण लाखौंको मृत्युसमेत हुने गरेको छ ।

झाडापखला फैलनुको मुख्य कारणको रुपमा हात सफा नहुनुलाई नै मानिन्छ । विश्वभर वर्षेनी लाखौं बालबालिकाको मृत्यु यही झाडापखालाकै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाउँछ । हरेक ३ जना बालबालिकामध्ये एकमा झाडापखालाको संक्रमण हुने गरेको तथ्याङ्क छ ।

दिगो विकासको छैठौं लक्ष्यमा पनि स्वच्छ खानेपानी र सरसफाईको विषय उल्लेख गरिएको छ । जसमा सरसफाई अन्तर्गत हातधुने बानी पनि एउटा महत्वपूर्ण पाटो हो ।

हात धुने बानीको विकास गर्नसके वर्षेनी मृत्यु हुने बालबालिकाको यो संख्यालाई हटाउन सकिन्छ । राम्रोसँग हात धोएमा मात्र झाडापखाला जस्ता ४० र श्वास–प्रश्वाससम्बन्धी २३ प्रतिशत रोग नलनग्ने विभिन्न स्वास्थ्यसम्बन्धी प्रतिवेदनहरूले देखाएको छ ।

कसरी धुने हात ?

-सफा पानीले हात भिजाउने ।
-हातमा साबुन लगाउने र कम्तीमा २० सेकेन्डसम्म हात मिच्ने ।
-हातका सबै औंला, हत्केला र औंलाका चेपचेपमा साबुन पु¥याउने ।
-हातको गोलीगाँठादेखि नङको टुप्पोसम्म साबुल पनिले मिच्ने ।
-सबैतिर मिचिसकेपछि राम्रोसँग हात पखाल्ने ।
-पखालेको हातलाई सफा कपडाले मात्र पुछ्ने ।

कुन-कुन बेला हात धुनुपर्छ ?

-शौचालय गएपछि,
-खाना खानुअघि र खाएपछि,
-बच्चाको कपडा वा अन्य सामान चलाएमा,
-कुनै पनि जनावरलाई छोएपछि चाहे घरपालुवा भएपनि,
-खाना पकाउनु अघि
-यी सामान्य अवस्था भएपनि पटक–पटक हात धुने बानी बसाल्नु नै राम्रो हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १५ बजे

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी

आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

आज मुस्लिम समुदायले ईद उल फित्र पर्व मनाउँदै

काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका