१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या



लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको पोस्टमाटममा देखिएको छ ।

६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् । अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ६ : ४२ बजे

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका