२४ मंसिर २०८२, बुधबार | December 11, 2025

साफ पदाधिकारीहरु नेपाल च्याम्पियन नबनोस भन्ने चाहन्छन् : मुख्य प्रशिक्षक अल्मुताइरी



काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई दक्षिण एशियाली फुटबल संघ (साफ)ले आज हुने फाइनल खेलमा प्रतिबन्ध लगाएको छ ।

आफुमाथि लगाएको प्रतिबन्धप्रति असन्तुष्टि जनाउँदै नेपाली मुख्यप्रशिक्षक अल्मुताइरीले साफका पदाधिकारीहरु नै नेपाल साफ च्याम्पियनसिप नबनोस भन्ने चाहेको टिप्पणी गरेका छन् ।

दुईवटा पहेँलो कार्ड पाएका अल्मुताइरीलाई साफले आज हुने नेपाल र भारतबीचको फाइनल खेलमा टेक्निकल एरियामा बस्न नपाउने गरी कारवाही गरेको छ । अल्मुतारीलाई फाइनल खेलमा टेक्निकल एरियामा बस्न प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

अल्मुताइरीले शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै आफुमाथिको अन्यायपूर्ण कारवाही फिर्ता हुनपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’

उनले साफ च्याम्पियसिप २०२१ को नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएको प्रशिक्षकलाई टेक्निकल एरियामा बस्न नपाउने भन्ने कुनै नियम नभएको जनाएका छन् । साफको निर्णय नेपाल च्याम्पियन बन्नबाट रोकियोस र भारतले खेल जितोस भन्ने मनासायबाट प्रेरित भएको उनले आरोप लगाएका छन् ।

‘दक्षिण एसियाली फुटबल महासंघले यो निर्णय गरेर भुल गरेको छ यो निर्णय सच्चिनु पनि पर्छ’, मुख्य प्रशिक्षक अल्मुताइरीले माग गरेका छन् ।

फाइनल खेलमा भारतीय प्रशिक्षक इगोर स्टिमेकलाई पनि साफले प्रतिबन्ध लगाएको छ । उनलाई मालदिभ्स विरुद्धको खेलमा रातो कार्ड देखाइएको थियो । यसैगरी नेपालका नेपालका अन्जन विष्टले पनि लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाका कारण भारतविरुद्धको फाइनल खेल गुमाएका छन् ।

साफ च्याम्पियनका लागि नेपाल र भारतबीच आज फाइनल खेल हुँदैछ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : १६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल