२९ भदौ २०८३, सोमबार | September 14, 2026

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ ।

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा नं. ४, नयाँबजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।

 

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : २१ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध