१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको अधिकांश भूभागमा सामान्य बदली रहेको छ । साथै, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा सामान्य वर्षा भइरहेको छ ।

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले बताएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

आज रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम