२१ असार २०८३, आइतबार | July 5, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

रुपन्देही आएका गृहमन्त्री खाँणले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर शीघ्र सञ्चालनको तयारी गरिरहेको बताएका हुन् ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासका लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए । ‘विमानस्थल सञ्चालन र एकीकृत जाँच चौकी कार्ययोजना सरकारले तयार पारेको छ, अब कार्ययोजनाअनुसार काम अगाडि बढ्छ,’ उनले भने ।

फरक प्रसङ्गमा गृहमन्त्री खाँणले ठूला दललाई सरकार चलाउनुस् भनेर जनताले म्यान्डेट दिए पनि त्यस्ता दलले आफ्नै पार्टीभित्रको झगडाका कारण पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको बताए । उनले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएकै थिएन्, कांग्रेसलाई आरोप छ की कांग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि निकासका लागि अग्रसर भइदिनु पर्यो भनेर अन्य दलका नेताहरूको अग्रसरतामा नयाँ गठबन्धन गरेर अगाडि बढेको उनले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले पार्टीको १४ औं महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिकांश स्थानको अधिवेशनमा सहमतिमै नेतृत्व चयन भएको बताए । अहिले कांग्रेसको काँधमा जिम्मेवारी र चुनौति रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने उनको भनाइ छ । अहिलेको विषम परिस्थितिमा काँग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशील सदस्यको संख्या १० लाखको हाराहारीमा पुगेको नेता खाँणले बताए ।

उनले रुपन्देहीको विकासका लागि प्रयत्नशील रहेको पनि बताए । बेलहिया नाकालाई व्यवस्थित बनाउन अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूलाई आग्रह र छलफल गरेको मन्त्री खाँणले बताए । भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानका लागि अल्पकालीन र दीर्घकालीन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडि बढेको बताए ।

कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दिन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीलगायतले कांग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ५९ बजे

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर