४ असार २०८३, बिहिबार | June 19, 2026

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा काठमाडौको खुसिबुमा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ ।

नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ३५ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि