६ बैशाख २०८१, बिहिबार | April 19, 2024

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा काठमाडौको खुसिबुमा



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ ।

नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ८ : ३५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी