३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देहीको मोतिपुरमा दङ्गा फैलाएको आरोपमा एकजना प्रहरी नियन्त्रणमा



बुटवल । मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा भएको जनधनको क्षतिका मुख्य जिम्मेवार रहेको भन्दै रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत आसोज २४ गते ४ जनाको ज्यान जाने गरि भएको प्रहरी र अतिक्रमणकारीको झडपका क्रममा जग्ग अतिक्रमण गर्न उक्साउने र उनीहरुलाई जग्ग पाउने आश्वासन दिएर बोलाउने समुहका नाईके भन्दै प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु सुद्धोधन गांउपालिका-६ स्थायी घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-११ देवीनगरमा डेरा गरि बस्ने ४४ वर्षिय साविर अलि मुसलमान रहेका छन् ।

पक्राउ परेका मुसलमानले सरकारी जग्गा अतिक्रमणको लागी मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको प्रहरीले आरोप लगाएको छ । पक्राउ परेका मुसलमानलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ती बिरुद्धको कसूरमा मुद्धा दर्ता गराई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

साविर अलि मुसलमानको डेरा कोठामा ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताएका छन् । घटनामा संलग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको प्रहरी निरिक्षक चन्दले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ०८ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर