६ पुस २०८२, आइतबार | December 21, 2025

पाल्पामा झारफुक गर्ने व्यक्तिबाट ३० वर्षिया महिला बलात्कृत



तानसेन । पाल्पामा झारफुक गराउन गएकी एक महिला बलात्कृत भएकी छिन् । तानसेन नगरपालिका ३ भगवती टोलमा झारफुकको काम गर्नेबाट ३० वर्षिया महिला बलात्कृत भएको पाल्पा प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको तनहुँ शुक्लागण्डकी नगरपालिका खैरेनी घरभई पाल्पाको तानसेनमा झारफुकको काम गर्दै आएका ३२ वर्षिय केदार रनपालबाट झारफुक गराउन आएकी एक महिला बलात्कृत भएको किटानी सूचनाका आधारमा रनपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

झारफुक गर्ने बाहानामा रनपालको कोठा भित्रै ती महिलालाई जबर्जस्ती करणी गरेको सूचना स्थानीय महिलाहरुबाट प्राप्त भएको पाल्पा प्रहरी प्रवक्ता रामेश्वर त्वाँतीले बताए । पक्राउ परेका रनपाललाई जवर्जस्ती करणीको अभियोगमा अनुसन्धान भईरहेको डीएसपी त्वाँतीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : १२ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन