१० श्रावण २०८३, आइतबार | July 26, 2026

पाल्पामा झारफुक गर्ने व्यक्तिबाट ३० वर्षिया महिला बलात्कृत



तानसेन । पाल्पामा झारफुक गराउन गएकी एक महिला बलात्कृत भएकी छिन् । तानसेन नगरपालिका ३ भगवती टोलमा झारफुकको काम गर्नेबाट ३० वर्षिया महिला बलात्कृत भएको पाल्पा प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको तनहुँ शुक्लागण्डकी नगरपालिका खैरेनी घरभई पाल्पाको तानसेनमा झारफुकको काम गर्दै आएका ३२ वर्षिय केदार रनपालबाट झारफुक गराउन आएकी एक महिला बलात्कृत भएको किटानी सूचनाका आधारमा रनपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

झारफुक गर्ने बाहानामा रनपालको कोठा भित्रै ती महिलालाई जबर्जस्ती करणी गरेको सूचना स्थानीय महिलाहरुबाट प्राप्त भएको पाल्पा प्रहरी प्रवक्ता रामेश्वर त्वाँतीले बताए । पक्राउ परेका रनपाललाई जवर्जस्ती करणीको अभियोगमा अनुसन्धान भईरहेको डीएसपी त्वाँतीले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : १२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले