५ पुस २०८२, शनिबार | December 21, 2025

न्याय माग्न पैदल काठमाडौं पुगेका रुबी खान सहितको टोलि जहाज चढेर नेपालगन्ज फर्के



नेपालगन्ज । दुईवटा महिला हिँसाको घटनालाई लिएर न्याय माग्न पैदल हिँडेर काठमाडौं पुगेको नेपालगन्जकी अधिकारकर्मी रुबी खान सहितको टोलि आज नेपालगन्ज फर्केको छ । काठमाडौं पुगेर रिले अनसन र आमरण अनसन समेत सुरु गरेका सो टोलिसँग सम्बाद गर्दै गृह मन्त्रालयले छानविन समिति बनाएपछि उनीहरु आन्दोलन स्थगन गरेर जिल्ला फर्केका हुन् । उनीहरुलाई काठमाडौबाट बिदाई गर्न राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व प्रवक्ता मोहना अन्सारी र माइती नेपालकी अध्यक्ष अनुराधा कोईराला त्रिभुवन विमानस्थल पुगेका थिए । पैदल हिँडेर काठमाडौं पुगेपनि उनीहरु फर्कंदा भने जहाज चढेर जिल्ला फर्केका छन् ।

बाँकेकी नन्कुनी धोबि र निर्मला कुर्मीलाई फरक फरक घटनामा घरेलु हिँसा तथा कर्तब्य गरि हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै रुबी खानले नेतृत्व गरेको टोलि आसोज १ गते नेपालगन्जबाट पैदल २० दिन लगएर काठमाडौं पुगेका थिए । काठमाडौमा पुगेर रिले अनसन सुरु गरेको स्थानबाटै प्रहरीले बहुबिबाहको मुद्दा लगाएर अधिकाकर्मी रुबी खानलाई पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले बहुबिबाह पुष्टि हुने आधार नदेखिएको भन्दै रुबीलाई थुना मुक्त गर्ने आदेश दिएपछि गत शुक्रबार मात्र उनी थुना मुक्त भएकी थिईन् ।

अधिकारकर्मीहरुको पहलमा रुबीले उठाएको दुबै मुद्दाको छानविन गर्न गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्सीय समिति गठन गरिएको छ । समितिलाई बाँकेकी एकल महिला निर्मला धोबीको अपहरण सरिर बन्धक तथा हत्या सम्बन्धि मुद्दा तथा बाँकेकै नन्कुर्नी धोबीको मृत्युका सम्बन्धका सोही मुद्दाका सम्बन्धमा धर्ना बसेका धर्नाकारीहरुसँग सत्य तथ्य बुझ्ने तथा सरोकारवालासँग सोधपुछ समेत गरि एक साता भित्र प्रतिबेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : ०९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ