४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा महाधिवेशन गर्ने ओलीको एकल घोषणालाई एमाले स्थायी कमिटीले उल्टायो



काठमाडौं । प्रथम विधान महाधिवेशनको समापन समारोहमा पार्टीमा निर्णय नै नगरि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुटवललाई दशौं महाधिवेशनको स्थल ताकिदिएपनि नेकपा एमालेको बिहिबार बसेको स्थायी कमिटी बैठकले ओलीको घोषणा विपरित दशौं महाधिवेशन स्थल परिवर्तन गरिदिएको छ । ओलीको एकल निर्णयबाट बुटवलमा महाधिवेशन गर्ने भनिएपनि स्थायी कमिटीको बैठकले स्थान परिवर्तन गरेको हो । आगामी मंसिरमा एमालेको महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ ।

बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए । १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने भनिएपनि बैठकमा सो सम्बन्धमा कुनै छलफल नभएको ती नेताले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरुले बिहिबारको बैठकमा प्रतिबाद गर्ने अनुमान गरिएको थियो ।

बुटवलमा महाधिवेशन हुने घोषणा भए लगत्तै रुपन्देहीका एमाले कार्यकर्ताहरु उत्साहित बन्दै महाधिवेशनमा खट्ने तयारी समेत सुरु गरिसकेका थिए ।

बैठकले दशौं महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गरेको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको