७ आश्विन २०८३, बुधबार | September 23, 2026

आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाउन शिक्षा मन्त्री पौडेलले दिए कर्मचारीहरुलाई निर्देशन



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कर्मचारीका शत्रुका रूपमा रहेका अल्छिपना, उदासीन, लापर्वाही र भ्रष्टाचारलाई सबैले त्याग्नुपनेृ बताएका छन् । आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको अवलोकन गर्दै मन्त्री पौडेलले आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न सीटीईभीटीका कर्मचारीहरुलाई निर्देशन दिए । । सीटीईभीटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभई आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिए ।

उनले ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औँल्याउँदै मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान समेत कर्मचारीहरुलाई निर्देशन दिए । ‘कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सिटिइभिटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरी काम गर्नुहोस् ।’ शिक्षामन्त्री पौडेलले भने ।

उनले सिटिइभिटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्ने बताए । उनले सिक, कमाउ र तिर भन्ने अवधारणातर्फ जानुपर्ने बताउँदै रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उनले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिए ।

सीटीईभीटीको पाठ्यक्रमलाई सुधार गर्ने, यहाँका चुनौतीको सामना गर्दै सबै समस्यालाई एकएक गरी हल गर्दै जाने पौडेलको भनाई छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : ३४ बजे

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले