१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो



काठमाडौं । चारदिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रलयका अनुसार प्रदेश नम्बर १मा २० जना घाइते भएका छन् भने अहिले सम्म १३ जना बेपत्ता छन् ।

प्रदेश नम्बर १ पछि मृत्यु हुनेको संख्या सुदुरपश्चिम प्रदेशमा बढी रहेको समेत मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा ३१ जनाको बाढी पहिरोबाट मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता छन् । हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् । सुदुरपीचम प्रदेशमा पशुचौपाया समेत ठुलो संख्यामा मरेको छ ।

यसैगरी प्रदेश २ मा १ जना बेपत्ता रहेका छन् भने बागमती प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । उता लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।

देशैभर बाढी पीडितको उद्दारमा प्रहरी परिचालन भएको र प्रहरीबाट उद्दारको कार्य जारी रहेको समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : ५२ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।