१० श्रावण २०८३, आइतबार | July 26, 2026

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो



काठमाडौं । चारदिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रलयका अनुसार प्रदेश नम्बर १मा २० जना घाइते भएका छन् भने अहिले सम्म १३ जना बेपत्ता छन् ।

प्रदेश नम्बर १ पछि मृत्यु हुनेको संख्या सुदुरपश्चिम प्रदेशमा बढी रहेको समेत मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा ३१ जनाको बाढी पहिरोबाट मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता छन् । हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् । सुदुरपीचम प्रदेशमा पशुचौपाया समेत ठुलो संख्यामा मरेको छ ।

यसैगरी प्रदेश २ मा १ जना बेपत्ता रहेका छन् भने बागमती प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । उता लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।

देशैभर बाढी पीडितको उद्दारमा प्रहरी परिचालन भएको र प्रहरीबाट उद्दारको कार्य जारी रहेको समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  १० : ५२ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले