१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

स्कुलमा रमाए विद्यार्थी



काठमाडौं । कोभिड-१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् ।

बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे ।

‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएको थिइनँ । विषयवस्तु बुझ्नै समस्या थियो,’ कक्षा ११ की सुदीपा चौलागाईंले नागरिकसँग भनिन्, ‘आज विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गरें । विषयवस्तु पनि राम्ररी बुझें।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाइलो भएको उनले बताइन् ।

यस स्कुलका शिक्षकले विद्यार्थीको सिकाइलाई थप उपलब्धिमूलक बनाउन गृहकार्य दिएका छन् । ‘अनलाइन कक्षामा बीचैमा छुटेका पाठ पनि सर मिसहरूले प्रत्यक्ष बुझाइ दिनुभयो,’ कक्षा ११ कै छात्रा सम्झना कँडेलले भनिन्, ‘सरले गुगलमा सर्च गरेर गृहकार्र्य गर्न दिनुभएको छ । यसले हाम्रो पढ्ने र अध्ययन गर्ने बानीलाई नियमित गर्छ ।’

ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यालयमा साना नानीहरूलाई विशेष ख्याल गर्ने व्यवस्था गरेको बताए । ‘बालबालिका नै रोगको वाहक भएकाले सुरक्षित बन्न मैले विद्यालयमा विद्यार्थीलाई विशेष गरी मास्क नसाटुन् भन्ने रेखदेख गर्न कक्षा शिक्षकहरूलाई सचेत गराएको छु,’ प्रअ महर्जनले भने, ‘धेरै दिनपछि विद्यालय खोल्न पाउँदा विद्यार्थी र शिक्षक दुवै दंग परेका छन् ।’ आजको नागरिक दैनिकमा रूबी रौनियारले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ५९ बजे

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय