७ श्रावण २०८३, बिहिबार | July 23, 2026

स्कुलमा रमाए विद्यार्थी



काठमाडौं । कोभिड-१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन् ।

बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे ।

‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएको थिइनँ । विषयवस्तु बुझ्नै समस्या थियो,’ कक्षा ११ की सुदीपा चौलागाईंले नागरिकसँग भनिन्, ‘आज विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गरें । विषयवस्तु पनि राम्ररी बुझें।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाइलो भएको उनले बताइन् ।

यस स्कुलका शिक्षकले विद्यार्थीको सिकाइलाई थप उपलब्धिमूलक बनाउन गृहकार्य दिएका छन् । ‘अनलाइन कक्षामा बीचैमा छुटेका पाठ पनि सर मिसहरूले प्रत्यक्ष बुझाइ दिनुभयो,’ कक्षा ११ कै छात्रा सम्झना कँडेलले भनिन्, ‘सरले गुगलमा सर्च गरेर गृहकार्र्य गर्न दिनुभएको छ । यसले हाम्रो पढ्ने र अध्ययन गर्ने बानीलाई नियमित गर्छ ।’

ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यालयमा साना नानीहरूलाई विशेष ख्याल गर्ने व्यवस्था गरेको बताए । ‘बालबालिका नै रोगको वाहक भएकाले सुरक्षित बन्न मैले विद्यालयमा विद्यार्थीलाई विशेष गरी मास्क नसाटुन् भन्ने रेखदेख गर्न कक्षा शिक्षकहरूलाई सचेत गराएको छु,’ प्रअ महर्जनले भने, ‘धेरै दिनपछि विद्यालय खोल्न पाउँदा विद्यार्थी र शिक्षक दुवै दंग परेका छन् ।’ आजको नागरिक दैनिकमा रूबी रौनियारले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ५९ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी