२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

मोतीपुरमा घटनामा मानवअधिकारकर्मीको चासो



बुटवल । मोतीपुरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्दा भएको हालैको घटनाका सम्बन्धमा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महतको नेतृत्वमा बार एसोसिएसन र एड्भोकेसी फोरमको संयुक्त टोलीले मोतीपुरमै आएर चासो लिएको छ ।

उक्त टोलीले बिहीबार मोतीपिर घटनामा मारिएकाका परिवारसंग भेटघाट गर्नुका साथै घटनाका बारेमा जानकारी लिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए । स्थलगत अनुगमनमा नेपाल बार एसोसिएसनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ र एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमलगायतको सहभागी थियो ।

उक्त टोलीले मोतीपुर घटनामा मारिएका वीरेन्द्र कुर्मी लगायतका परिवारसँग छलफल गरेको थियो । कुर्मीको परिवारले बाटोमा हिडेका बेलामा वीरेन्द्र हुलमुलमा परेर मारिएको बताउँदै आएको छ । मानवअधिकार टोलीले मोतीपुर घटनाकै सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सञ्चारकर्मीलगायतसंग पनि भेटघाट गर्नेभएको छ ।

प्रस्तावित औद्योगिक क्षेत्रको सार्वजनिक जग्गामा केही व्यक्तिले समूह बनाएर कब्जा गर्न थालेपछि तिनलाई हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रहरीमाथि नै आक्रमण र पेट्रोल बम प्रहार भएपछि प्रहरीले बाध्य भएर गोली चलाएको बताएको थियो ।

सोही क्रममा गोली लागेर चार जना सर्वसाधारणको ज्यान गएको थियो भने कैयौं प्रहरी घाइते भएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा हालै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ५४ बजे

कोशीमा केदार कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन : गगन थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको

सिद्धार्थ बोर्डिङमा ‘डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ

दिल्लीका मुख्मन्त्री केजरीवाललाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, रोष्टममै पुगेर नाराबाजी

काठमाडौं । वर्षे अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले