३० श्रावण २०८३, शनिबार | August 15, 2026

मोतीपुरमा घटनामा मानवअधिकारकर्मीको चासो



बुटवल । मोतीपुरको औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्दा भएको हालैको घटनाका सम्बन्धमा मानवअधिकारकर्मीले चासो व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशका प्रमुख भोला महतको नेतृत्वमा बार एसोसिएसन र एड्भोकेसी फोरमको संयुक्त टोलीले मोतीपुरमै आएर चासो लिएको छ ।

उक्त टोलीले बिहीबार मोतीपिर घटनामा मारिएकाका परिवारसंग भेटघाट गर्नुका साथै घटनाका बारेमा जानकारी लिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए । स्थलगत अनुगमनमा नेपाल बार एसोसिएसनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ र एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमलगायतको सहभागी थियो ।

उक्त टोलीले मोतीपुर घटनामा मारिएका वीरेन्द्र कुर्मी लगायतका परिवारसँग छलफल गरेको थियो । कुर्मीको परिवारले बाटोमा हिडेका बेलामा वीरेन्द्र हुलमुलमा परेर मारिएको बताउँदै आएको छ । मानवअधिकार टोलीले मोतीपुर घटनाकै सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सञ्चारकर्मीलगायतसंग पनि भेटघाट गर्नेभएको छ ।

प्रस्तावित औद्योगिक क्षेत्रको सार्वजनिक जग्गामा केही व्यक्तिले समूह बनाएर कब्जा गर्न थालेपछि तिनलाई हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रहरीमाथि नै आक्रमण र पेट्रोल बम प्रहार भएपछि प्रहरीले बाध्य भएर गोली चलाएको बताएको थियो ।

सोही क्रममा गोली लागेर चार जना सर्वसाधारणको ज्यान गएको थियो भने कैयौं प्रहरी घाइते भएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा हालै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ५४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर