२८ माघ २०८२, बुधबार | February 11, 2026

प्रधानमन्त्री देउवाले कैलाली र बर्दियाको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् ।

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका हुन ।

बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौंबाट कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले आफ्नो गृह प्रदेशमै धेरै समय बिताएका हुन् । उनी त्यही क्षेत्रमा नै बास बसेका थिए । भ्रमण तालिका हेर्दा उनको प्राथमिकतामा कर्णाली प्रदेश परेको देखिएन ।

त्यस क्षेत्रको निरीक्षण सकेर देउवा नेतृत्वको टोली आजै दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ । टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ५३ बजे

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा