२ कार्तिक २०८३, सोमबार | October 20, 2026

जनकपुरमा खानेपानीका हाकिमलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर



जनकपुरधाम । खानेपानी कार्यालयका हाकिमलाई सार्वजनिक रुपमा दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता विरुद्ध मुद्दा दायर भएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गरेका थिए । उनीहरुले कुशवाहालाई भ्रष्टाचारको आरोपमा सार्वजनिक रुपमा अर्धनग्न बनाएर ढलको हिलोले छ्याप्दै सडक घुमाएका थिए ।

लगत्तै पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ‘अपराधी प्रवेश तथा अपराधी उपद्रव’ शीर्षकमा मुद्दा दर्ता गराएको छ । कर्मचारीलाई अभद्र व्यवहार गर्ने, कार्यालय तोडफोड गर्ने जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू रामकरण यादव, संजय प्रधान, दिनेश रजक साफी, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, अमरनाथ साह संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चारवर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुन्छ ।

उता जनमत पार्टीले भने पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले ट्वीट गर्दै पक्राउ नेता कार्यकर्ताको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ४५ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट