१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रदेश १ का मुख्यमन्त्री आचार्यले मागेको विश्वासको मतमाथि आइतबार छलफल र मतदान हुने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले लिने विश्वासको मतको छिनोफानो आइतबार हुनेभएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् ।

तर सो प्रस्तावमाथि आज कुनै छलफल हुन सकेन । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार छलफल र मतदान हुने जानकारी गराएका छन् ।

सरकारको एकल नेतृत्व गरेको नेकपा एमाले गत भदौमा विभाजन भएपछि संवैधानिक रुपमा मुख्यमन्त्रीले एकमहिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, आचार्यले आफ्नो पद लम्ब्याउन खोजेको विपक्षी दलहरुले आरोप लगाएका छन् ।

प्रदेशसभाको अहिलेको अंकगणितका आधारमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । आचार्यले विश्वासको मत गुमाइसकेका छन् । उनी आइतबार हुने मतदानमा पराजित हुने निश्चित छ । आचार्यको स्थानमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने चर्चा रहेको छ ।

 

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ३७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग