२८ माघ २०८२, बुधबार | February 11, 2026

बुटवलमा ३७० योजना मध्य ६२ मात्र सम्पन्न, उपभोक्ता जिम्माको काम हुनै नसकेको खुलासा



बुटवल । नेपालमै कार्य सम्पादनमा उत्कृष्ट उपमहानगरकारुपमा पहिचान बनाए पनि बुटवल उपमहानगरले आफैले थालेका योजनाहरु समयमा सम्पन्न गर्न नसकेर अलपत्र अवस्थामा रहेका छन् । चालु आर्थिक वर्षको आधा अवधि सकिन लाग्दा पनि उपमहानगरले थालेका अधिकांस योजनाहरु अलपत्र अवस्थामा रहेका छन् ।

बुटवल उपमहानगरमा संचालन भैरहेका ठेक्का र उपभोक्ता समिति गरि ३ सय ७० योजनाहरु मध्य आर्थिक वर्षको आधा वर्ष सकिन २ महिना बाँकी रहँदा ६२ वटा योजना मात्र सम्पन्न भएको छ । कुल ३ सय ८ योजना बाँकी रहेकोमा कतिपय योजनाहरुको त थालनी नै नभएको उपमहानगर आफैले स्विकार गरेको छ ।

उपमहानगरपालिकाले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरका प्रबक्ता रामप्रसाद रेग्मीले उपमहानगरमा ३ सय ७० योजनाहरु चलिरहेको बताए । प्रवक्ता रेग्मीले असोज महिनासम्म ६२ वटा क्रमागत योजनाहरु सम्पन्न भएको र ७७ योजनाहरुको काम थालेको जानकारी दिए । रेग्मीका अनुसार उपमहानगरका २ सय ८५ वटा योजनाहरु अघिल्लो वर्षबाट सरेर आएका हुन् । पछिल्लोसमय कोभिड संक्रमणका कारण योजना अगाडि बढाउन दुईवर्ष कठिनाई भएको उनको बताए ।

उपमहानगरको सबै भन्दा बढी काम हुन नसकेको योजनामा उपभोक्ता समिति मार्फत गराउनु पर्ने योनाहरु रहेका छन् । उपभोक्ता समिटिबाट गराउनु पर्ने ३१९ योजनाहरुमा ५१ वटा योजनाहरु मात्र सम्पन्न भएको प्रवक्ता रेग्मीले बताए । ३१९ मध्य पनि २४२ योजनाहरु त अघिल्लो वर्षबाट सरेर आएका हुन् ।

उपमहानगरपालिकाका प्रबक्ता रामप्रसाद रेग्मीले बेमौसी वर्षाका कारण बाली नोक्सानी भएपछि नगरपालिकाबाट वडास्तरमा क्षति संकलन गर्ने काम अघि बढाएको जानकारी दिए । कृषि विभागमार्फत पत्राचार भएर संकलनको काम जारी रहेको उल्लेख गर्दै उनले क्षतिको विवरण आएपछि प्रदेश र संघीय सरकारलाई लेखी पठाउने जनाए । विउविजन, कुलो, कृषि तालिम गरि उपमहानगरमा ४० लाखभन्दा बढि बजेट रहेको उनले बताए । नगरभित्र ३३ सय हेक्टर बढि क्षेत्रमा धानखेती हुने गरेको भन्दै यो वर्ष २८ सय हेक्टरमा धान रोपिएको सामान्य तथ्याक आएको उनले बताए । १० प्रतिसत काटेको अवस्था रहेको र बाँकी वर्षका कारण क्षति पुगेको प्रारम्भीक अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३८ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा