५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा ३७० योजना मध्य ६२ मात्र सम्पन्न, उपभोक्ता जिम्माको काम हुनै नसकेको खुलासा



बुटवल । नेपालमै कार्य सम्पादनमा उत्कृष्ट उपमहानगरकारुपमा पहिचान बनाए पनि बुटवल उपमहानगरले आफैले थालेका योजनाहरु समयमा सम्पन्न गर्न नसकेर अलपत्र अवस्थामा रहेका छन् । चालु आर्थिक वर्षको आधा अवधि सकिन लाग्दा पनि उपमहानगरले थालेका अधिकांस योजनाहरु अलपत्र अवस्थामा रहेका छन् ।

बुटवल उपमहानगरमा संचालन भैरहेका ठेक्का र उपभोक्ता समिति गरि ३ सय ७० योजनाहरु मध्य आर्थिक वर्षको आधा वर्ष सकिन २ महिना बाँकी रहँदा ६२ वटा योजना मात्र सम्पन्न भएको छ । कुल ३ सय ८ योजना बाँकी रहेकोमा कतिपय योजनाहरुको त थालनी नै नभएको उपमहानगर आफैले स्विकार गरेको छ ।

उपमहानगरपालिकाले आज गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरका प्रबक्ता रामप्रसाद रेग्मीले उपमहानगरमा ३ सय ७० योजनाहरु चलिरहेको बताए । प्रवक्ता रेग्मीले असोज महिनासम्म ६२ वटा क्रमागत योजनाहरु सम्पन्न भएको र ७७ योजनाहरुको काम थालेको जानकारी दिए । रेग्मीका अनुसार उपमहानगरका २ सय ८५ वटा योजनाहरु अघिल्लो वर्षबाट सरेर आएका हुन् । पछिल्लोसमय कोभिड संक्रमणका कारण योजना अगाडि बढाउन दुईवर्ष कठिनाई भएको उनको बताए ।

उपमहानगरको सबै भन्दा बढी काम हुन नसकेको योजनामा उपभोक्ता समिति मार्फत गराउनु पर्ने योनाहरु रहेका छन् । उपभोक्ता समिटिबाट गराउनु पर्ने ३१९ योजनाहरुमा ५१ वटा योजनाहरु मात्र सम्पन्न भएको प्रवक्ता रेग्मीले बताए । ३१९ मध्य पनि २४२ योजनाहरु त अघिल्लो वर्षबाट सरेर आएका हुन् ।

उपमहानगरपालिकाका प्रबक्ता रामप्रसाद रेग्मीले बेमौसी वर्षाका कारण बाली नोक्सानी भएपछि नगरपालिकाबाट वडास्तरमा क्षति संकलन गर्ने काम अघि बढाएको जानकारी दिए । कृषि विभागमार्फत पत्राचार भएर संकलनको काम जारी रहेको उल्लेख गर्दै उनले क्षतिको विवरण आएपछि प्रदेश र संघीय सरकारलाई लेखी पठाउने जनाए । विउविजन, कुलो, कृषि तालिम गरि उपमहानगरमा ४० लाखभन्दा बढि बजेट रहेको उनले बताए । नगरभित्र ३३ सय हेक्टर बढि क्षेत्रमा धानखेती हुने गरेको भन्दै यो वर्ष २८ सय हेक्टरमा धान रोपिएको सामान्य तथ्याक आएको उनले बताए । १० प्रतिसत काटेको अवस्था रहेको र बाँकी वर्षका कारण क्षति पुगेको प्रारम्भीक अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता