७ माघ २०८२, बुधबार | January 21, 2026

१२ देखि १८ वर्ष उमेर समुहलाई लगाउन १ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो



काठमाडौं । अमेरिकाद्वारा नेपाललाई अनुदानमा उपलब्ध गराइएको १ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज खोप दिएको हो । सोमबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।

नेपाल ल्याइएको यो फाइजर खोप १२ देखि १८ वर्ष उमेर समुहलाई लगाउन मिल्ने छ ।

१२ देखि १८ वर्ष उमेरका दीर्घरोगी किशोर–किशोरीलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताएका छन् । खोप सीमित मात्रामा आएका कारण तत्काल सबैलाई लगाउन सक्ने अवस्था नरहेको पौडेलले बताए ।

यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज जानसेन खोप सहायता गरेको थियो । सो खोप एक डोज लगाएमात्र पुग्थ्यो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : १७ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा