२० मंसिर २०८२, शनिबार | December 6, 2025

अफगानिस्तानमा रहेका नेपालीको स्वास्थ्यमा एनआरएनएको चासो



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिले आइतवार एक भरर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदुत तपास अधिकारी, मानवअधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदुत अधिकारीले पाकिस्तानमा करिब तीन सय जना नेपालीहरु रहेको बताए ।

उनले ती मध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र उनीहरुको अवस्था राम्रो रहेको बताए । उनले नेपालीहरुले समेत पाकिस्तानमा कोरोना विरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए । उनले पाकिस्तानमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग गर्न राजदुतावास प्रतिबद्ध रहेका बताए ।

मानवअधिकारकर्मी घइस गिलानीले अन्तरक्रियामा आफगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड–१९ विरुद्धको खोपमा पहुँच रहेको बताए । उनले आफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौं आप्रवासीहरु पाकिस्तानतर्फ पलायन भएको बताए ।

उनले तालिवानले आफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए ।

कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा दुई जना नेपालीले आत्महत्या गरेको जानकारी दिए ।

अफगानिस्तानमा तालिवानले सरकार कब्जामा लिए पछि १ हजारभन्दा बढी नेपालीहरुको उद्धार गरिएको भारतस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् भने बिभिन्न कम्पनीमा १५ सय भन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ४७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय