१० श्रावण २०८३, आइतबार | July 26, 2026

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर चौतर्फी घेराबन्दीमा, सबैको एउटै स्वर : प्रधानन्यायाधीसपदबाट राजीनामा देउ



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र चोलेन्द्र शमशेर जवरा चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नै सहकर्मी न्यायाधीसहरुले बहिस्कार गरेका कारण फुल कोर्ट बैठक बसाल्न नसकेको केहीबेरमा कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बारले प्रधानन्यायाधीसको राजीनामाको माग गरेको छ । फुलकोर्ट बिहस्कार गरेका १३ न्यायाधीसहरुको बैठकले पनि प्रधानन्याधीसको राजीनामा माग गरेको छ ।

नेपाल बारको आज बसेको बैठकले प्रधानन्यायाधीस जवरालाई मार्ग प्रसस्त गर्न माग गर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । बारको आजको बैठकले राजीनामा दिएर निकास दिन प्रधानन्यायाधीसलाई सुझाव दिने निर्णय गरेको भएपनि बारका सल्लाहकारहरुको बैठक पछि मात्र आज गरिएको निर्णय आधिकारीकरुपमा सार्वजनिक गरिने बताइएको छ । भोलिदिउँसोका लागि नेपाल बारको सल्लाकार समितिको बैठक डाकिएको छ ।

आजै पूर्व न्यायाधीवक्ता रमण श्रेष्ठले पनि प्रधानन्यायाधीस जवरालाई राजीनामा दिएर निकास दिन माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पदमा रहँदा त्यसले प्रधानन्यायाधीशलाई नै क्षति हुने बताए । न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्ने उनले प्रस्ट पारे ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ४३ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल