१० श्रावण २०८३, आइतबार | July 26, 2026

मरेको माहुरी दूधमा घोलेर बेच्छन् मिष्ठान्न व्यापारी



सुनसरी । सुनसरीका दुई मिठाई पसलमा अखाद्य वस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरी र इटहरी उपमहानगरको संयुक्त अनुगमन टोलीले दूषित मिठाई बनाउँदै गरेको, पकाउने स्थानमा फोहोर तथा दुर्गन्ध फैलिएको फेला पारेको हो ।

इटहरीको पूर्व लाइनमा रहेको विष्णु मिष्ठान्न भण्डार र इटहरी चोक नजिकै रहेको न्यु नटराज स्विट्स चार्ट हाउसमा आलु, कोपी भुइँमा राखेको, दूधबाट बन्ने परिकारमा मरेको माहुरीसमेत फेला परेको, दुर्गन्धित फोहोर बाहिर नफ्याँकेको पाइएको हो । अनुगमनका क्रममा उक्त अवस्था भेटेपछि विष्णु मिष्ठान्न भण्डारबाट रसबरी, दूध, पेडालगायतका २० किलो अखाद्य वस्तु नष्ट गरिएको छ ।

उक्त भण्डारलाई नगद २० हजार रुपैयाँ जरिमाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । उनले भने, ‘हामीले दैनिक खाने वस्तुमा अति नै लापरबाही तथा उपभोक्ताप्रति गम्भीर नदेखिएपछि केही सामान तुरुन्त फ्याँक्नसमेत लगाएका छौँ ।’

ग्राहकलाई खानेकुरा देखाउँदा राम्रो देखाउने तर पकाउने भान्सा कोठा भने दुवै पसलमा अत्यन्त कमजोर रहेको पोखरेलले बताए । पहिलो पटक भएर थोरै जरिमाना गरिएको बताउँदै फेरि आउँदा सुधार नभए कडा कारबाही गर्ने उनको भनाइ छ ।

त्यस्तै, इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरको भान्सामा पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा साँघुरो कोठामा पकाउने र प्याकिङ गर्ने गरेको पाइएको छ । उक्त स्टोरलाई पकाउने र प्याकिङ गर्ने स्थान फरक फरक राख्न सुझाव दिइएको पोखरेलले बताए । स्टोरको नाममा भान्सा चलाउन ऐन, कानुनमा उल्लेख नभएकाले भान्सालाई फरक कम्पनी दर्ता गरेर संचालन गर्नसमेत भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : १५ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल