३ पुस २०८२, बिहिबार | December 18, 2025

मकालुको वडा-५ मांसिमालाई छुट्टै वडा बनाउन माग



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन् । मांसिमाबासीले वडा नम्बर-५ लाई छुट्टै वडा बनाउन माग गरेको मकालु-५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए ।

भौगोलिक हिसाबले बिकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन एक दिनको पैदल लाग्छ । मांसिमाका करिब २ सय ५० घर परिवार भएको वडाध्यक्ष गुरुङले बताए । मांसिमाका स्थानीयले सामान्य जन्म दर्ता, मृत्यु दर्ता जस्ता काम गर्न एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ ।

सडक सञ्जाल नजोडिएको मांसिमाबासीले वडा कार्यालयको सेवा लिन एक दिनको पैदल हिँड्नु पर्ने स्थानीय ज्ञान बहादुर गुरुङले बताए । सडक सञ्जाल नभएका कारण मांसिमाबासी वडा कार्यालयमा पुगेर आफ्नो काम सम्पन्न गर्नलाई चार पाँच दिनसम्म लाग्ने गरेको स्थानीयको गुनासो छ ।

मांसिमा गाउँमा गुरुङ र राई जातीको मात्र बसोबास छ । भूगोल र जनसंख्याको हिसाब हेर्ने हो भने मांसिमा छुट्टै वडा निर्माणका प्रशस्त आधार रहेको स्थानीय श्याम कुमार गुरुङले बताए ।

भौगोलिक बिकट मांसिमाबासी आफ्नो छुट्टै वडा नहुँदा वडाको केन्द्रसम्म पुग्न विभिन्न समस्या झेल्दै आएको उनीहरूको भनाइ छ । स्थानीयको माग अनुसार मांसिमा गाउँलाई छुट्टै वडा बनाउन गत जेठ १० गते गाउँसभाले निर्णय गरेको वडाध्यक्ष गुरुङले बताए ।

यस वर्ष गाउँसभाबाट समेत पारित भइसकेको वडाध्यक्ष गुरुङले बताए । छुट्टै वडा बनाउन गाउँसभाले निर्णय प्रदेश सरकार र स्थानीय विकास मन्त्रालयलाई पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

छुट्टै वडा निर्माणका लागि सम्पूर्ण आधार पुरा हुनसक्ने भन्दै स्थानीय सरकारसमेत यसको पहलमा अघि बढिरहेको छ । वडा भित्रको पनि छुट्टै भूगोल भएको मांसिमा गाउँमा शिक्षा स्वास्थ्यको पहुँच निकै टाढा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : ५३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका