२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

भेटिएको ६ तोला सुनको गहना सुनधनी खोजेर फिर्ता गरियो



पर्वत । धन र सम्पत्तकिो लागि मरिहत्ते गर्ने गरिएको समाजमा बेवारिसे अवस्थामा भेटिएको ६ तोला सुनको गहनालाई गहना मालिक खोजी खोजी फिर्ता गर्ने मनकारी पनि फेला परेका छन् ।

गत कार्तिक ५ गते पर्वतबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा छुटेको ६ तोला सुनको गहना भेट्ने यात्रुले गहना मालिकको खोजी गरेर प्रहरी मार्फत गहना बुझाएका छन् । पर्वतको फलेवासबाट काठमाडौका लागि छुटेको बा ४ ख ८८३ नम्बरको बसमा छुटेको गहना फेला पार्ने पर्वत फलेवास ५ का विजय भुसालले सो गहना सुनधनीलाई बुझाएका हुन् ।

प्रहरीका अनुसार काठमाडौं जाने बसेमा यात्रा गर्ने क्रममा फलेवास ६ की स्थानीय पार्वती श्रेष्ठको गहना भएको ब्याग बसमा छुटेको थियो । सोही बसमा यात्रा गर्ने स्थानीय विजय भुसालले बसको सिटमुनी ब्याग फेला पारेपछि बसचालक र कर्मचारीलाई खबर गरेका थिए । ब्यागमा ५ तोला बराबरको रानी हार, १ तोला २० लाल बराबरको चन्द्रमा क्लिप समेत गरि ६ तोला बराबरको भेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले गहना हराएको गहनाधनीलाई खोजी गर्नेक्रममा फलेवासकै श्रेष्ठले प्रमाण सहित गहना आफ्नो छुटेको हक दाबी गर्न आएपछि प्रहरीले स्थानीयवासीको रोहबरमा गहना सम्बन्धित गहनाधनीलाई बुझाएको पर्वत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ५४ बजे

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

‘एमआरपी’ र ‘लेबल’ अनिवार्य गर्न निर्देशन

काठमाडौँ । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना