२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भेटिएको ६ तोला सुनको गहना सुनधनी खोजेर फिर्ता गरियो



पर्वत । धन र सम्पत्तकिो लागि मरिहत्ते गर्ने गरिएको समाजमा बेवारिसे अवस्थामा भेटिएको ६ तोला सुनको गहनालाई गहना मालिक खोजी खोजी फिर्ता गर्ने मनकारी पनि फेला परेका छन् ।

गत कार्तिक ५ गते पर्वतबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसमा छुटेको ६ तोला सुनको गहना भेट्ने यात्रुले गहना मालिकको खोजी गरेर प्रहरी मार्फत गहना बुझाएका छन् । पर्वतको फलेवासबाट काठमाडौका लागि छुटेको बा ४ ख ८८३ नम्बरको बसमा छुटेको गहना फेला पार्ने पर्वत फलेवास ५ का विजय भुसालले सो गहना सुनधनीलाई बुझाएका हुन् ।

प्रहरीका अनुसार काठमाडौं जाने बसेमा यात्रा गर्ने क्रममा फलेवास ६ की स्थानीय पार्वती श्रेष्ठको गहना भएको ब्याग बसमा छुटेको थियो । सोही बसमा यात्रा गर्ने स्थानीय विजय भुसालले बसको सिटमुनी ब्याग फेला पारेपछि बसचालक र कर्मचारीलाई खबर गरेका थिए । ब्यागमा ५ तोला बराबरको रानी हार, १ तोला २० लाल बराबरको चन्द्रमा क्लिप समेत गरि ६ तोला बराबरको भेटिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले गहना हराएको गहनाधनीलाई खोजी गर्नेक्रममा फलेवासकै श्रेष्ठले प्रमाण सहित गहना आफ्नो छुटेको हक दाबी गर्न आएपछि प्रहरीले स्थानीयवासीको रोहबरमा गहना सम्बन्धित गहनाधनीलाई बुझाएको पर्वत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ५४ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं