१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

तेह्रथुमको गाउँघरमा फुल्यो ढकमक्क सयपत्री, तिहारमा अभाव नहुने



तेह्रथुम । फूलै फूलको पर्वको रूपमा चिनिन्छ, तिहार । दसैँमा रंगाइएका घरहरूमा तिहारमा फूलको मालाले झिलिमिली बनाइनेगरिन्छ । गाउँघरमा रोपिएका फूल कहिले सिजनभन्दा पहिले फूल्ने त कहिले तिहारपछि मात्र फुल्दा घर सजाउन र भाइटीकामा फूलको अभाव हुन गरेको छ ।

तर, यो वर्ष भने तिहार नजिकिँदै गर्दा तेह्रथुमका गाउँघरमा फूल फुलेर ढकमक्क बनेको छ । तिहारमा गाउँघर प्रशस्त रूपमा फूल नहुँदा तराईबाट निर्यात भएको रबरका फूलहरूले घर सजाउने गरेका थिए ।

गाउँमा व्यावसायिक फूल खेती नुहँदा वर्षेनि तेह्रथुमका स्थानीयहरू फूलको अभाव भोग्दै आएका छन् । प्रशस्त फूल नभएकै कारण कृतिम फूलहरूको भर पर्नु यहाँका नागरिहरूको बाध्यता बन्दै आएको छ ।

तर, यसवर्ष भने गाउँ घरमा रोपिएका फूलहरू सिजनमै फुलेपछि विगतका वर्षहरूझैँ फूलको अभाव नरहेको हमरजुङका कमला भट्टराईले बताइन् । ‘सिजनमा फूल नफुल्दा रबरका फूल किनेर घर सजाउनु र स्थानीय बजारबाट किनेरै तिहारमा फूलमाला बनाउनुपर्थ्यो । तर, यो वर्ष घरमा रोपेकै फूल सिजनमा फुलेपछि समस्या छैन’, उनले भनिन् ।

कमलाजस्तै हमरजुङकै राजकुमारी लिम्बूले पनि रोपेको फूल ढकमक्क फुलेको छ । उनी भन्छिन्, ‘यसपालि प्रशस्त फूल फुलेकाले तिहारमा फूलको समस्या हुँदैन ।’

कमला र राजकुमारीजस्तै यहाँका स्थानीयहरूलाई यो साल फूल अभाव हुन्छ भन्ने चिन्ता छैन । यहाँका स्थानीयहरूले सयपत्री, मखमलीलगायत विभिन्न प्रजातिका फूल रोप्दै आएका छन् ।

गाउँगाउँमा सडक सञ्जालहरू जोडिएकाले फूल खरिदका लागि समेत व्यापारीहरू गाउँगाउँमा आउन थालेका छन् । तिहारभन्दा पहिले फूल फुलेका कारण व्यावसायीयलाई भने समस्या भएको फक्चामाराका रोहितजंग कार्की बताउँछन् ।

तेह्रथुमका उत्पादन भएको फूलस्थानीय बजारहरूका साथै पूर्वी तराईका जिल्लाहरूमा निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : ४२ बजे

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्