२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

अफगानिस्तानमा चरम भोकमरी : छाक टार्नकै लागि सन्तान बेच्दै अभिभावक



काबुल । अफगानिस्तानमा चरम भोकमरी देखिएको छ । भोकमरीकै कारण अफगानिस्तानमा विभिन्न विकृति देखिएका छन् । छाक टार्नकै लागि केही अभिभावकले आफ्ना सन्तान बेच्नेदेखि ऋण मिनाह गर्न साहुलाई सन्तान जिम्मा दिन थालेका छन् ।

भोकमरीकै कारण एकै परिबारका आठ बालबालिकाको मृत्यु भएको छ । राजधानी काबुलमा खान नपाएर एकै परिबारका आठ दाजुभाइको मृत्यु भएको स्थानीय पादरी मोहम्मद अली बामीयानीले जानाकारी दिए ।

उनीहरुका बाबुको केही महिनाअगाडि क्यान्सरबाट मृत्यु भएको थियो भने आमाको ह्दयघातका कारण हालै निधन भएको थियो । अभिभावक नभएपछि केही खान नपाएर उनीहरुको मृत्यु भएको जनाइएको छ । ‘उनीहरु भोकका कारण थला परेका,’ एक स्थानीयले भने ।

भोक टार्न साहुसँग लिएको पैसा तिर्न नसकेपछि आफ्नो एक सन्तान दिएको एक महिलाले बताएकी छिन् । भोकमरीका कारण ती महिलाले सन्तान नै बेच्ने कठोर निर्णयमा पुगेकी थिइन् ।

राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यन्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट गहिरिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् । -एजेन्सी

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ४ : ०९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२