२१ माघ २०८२, बुधबार | February 4, 2026

रुपन्देहीमा ३ लाख बढी मुल्यको अवैध विस्फोटक पटाका बरामद



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धीत विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षीत गर्दै बिभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको अवस्थामा ठुलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । बिभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलिले सिद्धार्थनगर १ बाट ९० हजार बराबरको पटाका बरामद गरेको छ भने प्रहरी चौकी मैडिहवाको टोलिले ६० हजार ५०० बराबारको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ । त्यसैगरि मर्यादापुर चौकीले ५० हजार ३०० बराबरको, मैनिहवा चौकीले ३६ हजार बराबरको, इलाका प्रहरी लुम्बिनीको टोलिले ३५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय मंगलापुरको टोलिले ३२ हजार बराबरको पटाका बरामद गरेको डीएसपी थापाले बताए ।

प्रहरीले बरामद गरेको पटाकाहरुमा सामान्य खुर्सानी बम देखि शक्तिशाली आवाज दिने लसुनबम सम्मका रहेको थापाले बताए । बरामद भएका पटाकामा चक्र बम, लम्बा बुलेट, जुम्नु बुलेट, मिनी फलासबुलेट बम, बोल क्याम्पस, र झिरमिरे लगायतको रहेको समेत थापाले जानकारी दिए । प्रहरीले अन्य भन्सार छलेर ल्याएको सामान बरामद गरेर सामान ल्याउने व्यक्तिलाई उन्मुक्ति दिए जस्तै पटाकाको तस्करी गर्ने लाई भने पक्राउ गरेको छैन ।

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुरा गरि नस्ट गरिने प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ३६ बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको