४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीमा ३ लाख बढी मुल्यको अवैध विस्फोटक पटाका बरामद



बुटवल । रुपन्देही प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धीत विस्फोटक पटाका बरामद गरेको छ । तिहार पर्वलाई लक्षीत गर्दै बिभिन्न नाकाबाट नेपाल भित्राउँदै गरेको अवस्थामा ठुलो परिमाणको विस्फोटक पटाका बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । बिभिन्न स्थानमा गरि ३ लाख ३ हजार ३०० मुल्य बराबरको पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको गस्ती टोलिले सिद्धार्थनगर १ बाट ९० हजार बराबरको पटाका बरामद गरेको छ भने प्रहरी चौकी मैडिहवाको टोलिले ६० हजार ५०० बराबारको २ सय ६२ प्याकेट पटाका बरामद भएको छ । त्यसैगरि मर्यादापुर चौकीले ५० हजार ३०० बराबरको, मैनिहवा चौकीले ३६ हजार बराबरको, इलाका प्रहरी लुम्बिनीको टोलिले ३५ हजार बराबरको तथा इलाका प्रहरी कार्यालय मंगलापुरको टोलिले ३२ हजार बराबरको पटाका बरामद गरेको डीएसपी थापाले बताए ।

प्रहरीले बरामद गरेको पटाकाहरुमा सामान्य खुर्सानी बम देखि शक्तिशाली आवाज दिने लसुनबम सम्मका रहेको थापाले बताए । बरामद भएका पटाकामा चक्र बम, लम्बा बुलेट, जुम्नु बुलेट, मिनी फलासबुलेट बम, बोल क्याम्पस, र झिरमिरे लगायतको रहेको समेत थापाले जानकारी दिए । प्रहरीले अन्य भन्सार छलेर ल्याएको सामान बरामद गरेर सामान ल्याउने व्यक्तिलाई उन्मुक्ति दिए जस्तै पटाकाको तस्करी गर्ने लाई भने पक्राउ गरेको छैन ।

बरामद गरिएको पटाका आवश्यक प्रक्रिया पुरा गरि नस्ट गरिने प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको