२३ भदौ २०८१, आइतबार | September 9, 2024

१५ न्यायाधीशको बटमलाइन – प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वोच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ ।

न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो ।

न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् । मंगलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् ।

मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

जबराले राजीनामा नदिने बताएपछि न्यायाधीशहरू छलफलमा जुट्दै आएका छन् । १५ न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : १९ बजे

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकूल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई

नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा

सत्तारूढ दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

स्वास्थ्य सेवा सधैँ जनमुखी हुनुपर्छ : डा रुइत

जुम्ला । विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा सन्दुक रुइतले सेवा

NTB New CEO pledges to support the government’s target of welcoming 1.6 million tourists

Kathmandu: The newly elected CEO of Nepal Tourism Board, Deepak