१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सिंहदरबार भित्रै गोली चल्यो



काठमाडौं । सिंहदरबार परिषर भित्रै मध्य दिउँसो गोली चलेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले आफुसँग रहेको पेस्तोल खेलाउने क्रममा गोली चलेको हो । भारतीको पेस्तोलबाट छुटेको गोली नजिकैको भित्तामा लागेका कारण मानविय क्षति नभएको बताइएको छ ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष दाहालकी पीएसओ भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा अकस्मात गोली चलेको भारतीले प्रहरी समक्ष बयान दिएकी छिन् । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले मानवीय त्रुटिका कारण गोली चल्न पुगेपनि संयोगवश कुनै क्षति भने नभएको बताएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ६ : १९ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको