२० बैशाख २०८१, बिहिबार | May 3, 2024

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै, आजै तीनजना मन्त्रीसहित सपथ लिने



काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्दैछन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिए लगत्तै बुधबार ५९ जना सांसदको समर्थनमा गठबन्धन दलहरुको तर्फबाट पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । पाण्डेलाई प्रदेशप्रमुखले आजै नियुक्ति गर्नेभएका छन् ।

पाण्डेले आजै सपथ ग्रहण गर्नेछन् । उनीसहित गठबन्धनमा सम्मिलित माओवादी केन्द्र, नेपाली कांग्रेस र पाण्डैकै दल एकीकृत समाजवादीको तर्फबाट एक एक जना मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रबाट कुमारी मोक्तान, कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृृष्णप्रसाद खनाल मन्त्री बन्ने बताइएको छ । उनीहरुले पाउने मन्त्रालयको टुंगो सपथग्रहणको समयसम्म लाग्ने बताइएको छ । मन्त्रालय भागवण्डाबारे गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ ।

नेकपा एमालेको नेतृत्वमा एकल बहुमतको सरकार रहे पनि एमाले विभाजन भएसँगै निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन बाध्य भएकी थिइन ।

गत भदौ २ गते एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै शाक्यले पौडेलकै प्रस्तावमा मुख्यमन्त्री बनेकी थिइन । एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएकी शाक्य मुख्यमन्त्री बन्न पाउने भएपछि नेपाललाई छोडेर संस्थापन पक्षधर बनेकी थिइन । नेपालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी बनाउने भएपछि शाक्यले नेपालको पुरै साथ छोडेकी थिइन ।
मुख्यमन्त्री बन्ने बेलामै अल्पमतमा देखिएकी शाक्यले बुधबार पदबाट राजीनामा दिँदै संवाद र सहमतिको संस्कारलाई जोगाउन आफुले राजीनामा दिएको जिकिर गरेकी थिइन ।

काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको रातोपाटीलाई बताए । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको उनको भनाइ छ ।
प्रदेशसभामा एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएकी थिइन् ।

उनको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि विहीबार अपरान्हसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । त्यस लगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १२ : ०३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक