२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ठूलो परिमाणमा ब्राउन सुगरसहित कपिलवस्तुमा एक जना पक्राउ



कपिलवस्तु । कपिलवस्तुमा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद भएको छ ।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो । यो परिमाण यस वर्ष देशभरमा बरामद भएकोमध्ये सर्वाधिक हो ।

लागुऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार बिहीबार दिउँसो १ः४५ बजे भारतदेखि नेपालतर्फ ल्याउँदै गर्दा सीमा प्रहरी चौकी चाकरचौडाले खत्रीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका कार्कीलाई लागुऔषध ऐन २०३६ अनुसार मुद्दा दायर गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : ३१ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि