१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आगामी आम निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण



बुटवल । काँग्रेसका कतिपय नेताहरुले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरि एक्लै निर्वाचनमा जानुपर्ने माग गरिरहेका बेला गृहमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले भने आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्ला रुपन्देहीमा आफ्नै निवासमा भेला भएका कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै सत्ता गठबन्धनमा रहेका दलहरु आगामी आम निर्वाचनसम्म संगै रहने बताए । उनले संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ बजबुद बनाउने दाबी गर्दै संविधानको कार्यान्वयन र व्यबस्था रक्षाको लागि सरकार गम्भिर रहेको स्पष्ट पारे ।

कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका खाँणले संविधानको मुलधारमा नआएका राजनीतिक दलहरुलाई कसरी मुल धारको राजनीतिमा ल्याउन सकिन्छ भन्ने विषयमा सरकार क्रियाशिल रहेको बताउँदै त्यसको लागि सरकारले संविधानको मुलधारमा नआईसकेका बिभिन्न राजनीतिक दलहरुसंग संवादको थालनी गरिएको जानकारी दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुने विश्वास व्यक्त गर्दै संविधान र व्यबस्थाका प्रति सबैको स्वामित्व स्थापित हुने समेत अपेक्षा गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा स्पेनबाट अनुदानमा प्राप्त बुद्धमुर्ती अनावरण गर्ने कार्यक्रममा सहभागी हुन गसहजिल्ला आएका गृमहन्त्री खाँणले विमानस्थलमा स्थापना हुने बुद्धको मुर्तिले बुद्धको प्रतिष्ठा पनि बढ्ने र बुद्ध लुम्बिनीमा जन्मिनुभएको हो भन्ने सन्देश पनि दिने विश्वास व्यक्त गरे ।

स्पेनबाट अनुदानमा प्राप्त २ अर्व बढीको मुर्तिको आज राष्ट्रपनि विद्यादेबी भण्डारीले अनावरण गर्दैछिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ४० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम